गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यले लिए शपथ
  • SNN Nepal

  • गण्डकी । गण्डकी प्रदेश लोकसेवा आयोगका सदस्यमा नियुक्त भएका योगेन्द्र गौचनले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    प्रदेश नीति तथा योजना आयोगको कार्यालयमा आयोजित एक समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङ र मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलको उपस्थितिमा आयोगका अध्यक्ष विष्णु नेपालले उनलाई शपथ ग्रहण गराएका हुन् ।

    समारोहमा सभामुख नेत्रनाथ अधिकारी, मन्त्रीहरु, प्रदेशसभा सदस्य, उच्च पदस्थ सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।

    गण्डकी प्रदेश सरकारले यही साउन १५ गते बागलुङ जिल्लाको तमानखोला गाउँपालिका–८ का गौचनलाई लोकसेवा आयोगको सदस्यमा नियुक्ति गरेको थियो ।

    गौचनको नियुक्तिसँगै गण्डकी प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको प्रदेशका प्रमुख सचिव हरिप्रसाद बास्तोलाले जानकारी दिए । यसअघि आयोगको सदस्यमा कल्पना लम्साल नियुक्त भई सकेकी छिन् ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images