टोकियो ओलम्पिक : पुरूष फुटबलको फाइनलमा स्पेन
  • SNN Nepal

  • काठमाडौँ । आयोजक जापानलाई हराउँदै स्पेनको यू-२३ टिम टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको फाइनलमामा प्रवेश गरेको छ ।

    मंगलबार भएको दोस्रो सेमिफाइनलमा जापानलाई अतिरिक्त समयमा १-० गोलले हराउँदै स्पेन फाइनलमा पुगेको हो ।

    निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा स्पेनका मार्को एसेन्सियो गोल गर्दै टिमलाई फाइनलमा पुर्‍याए । फाइनलमा स्पेनको भेट ब्राजिलसँग हुनेछ ।

  • २० श्रावण २०७८, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images