पोर्चुगलमा कार्यरत एक नेपाली महिलाको मृत्यु
  • SNN Nepal

  • पोर्चुगल । बैदेशिक रोजगारीका लागि पोर्चुगल पुगेकी एक नेपाली महिलाको मृत्यु भएको छ ।

    पर्वतकी ४० वर्षीया देवीमाया गर्बुजा पुन मगरको मंगलबार मृत्यु भएको गैरआबासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले जनाएको छ ।

    एनआरएनएका अनुसार मगरको लिस्बनस्थित घरमा उपचारको क्रममा मृत्यु भएको हो । उनी ५ वर्षदेखि पोर्चुगलमा कार्यरत थिइन् ।

    एनआरएनएले एक बिज्ञप्ति जारी गर्दै उनको दुस्खद निधनको खबरले सम्पूर्ण नेपालीहरुलाई अत्यन्तै दुखित एबम मर्माहित बनाएको जनाएको छ ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images