गोङ्गबुबाट पेस्तोलसहित तीन जना पक्राउ
  • SNN Nepal

  • काठमाडौं । प्रहरीले काठमाडौंको गोङ्गबुबाट पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका– २६ गोङ्गबुस्थित वीरेन्द्र ऐश्वर्य मार्गको आरके रेष्टुराँबाट उनीहरूलाई पक्राउ गरेको हो ।

    पक्राउ पर्नेहरूमा धादिङका २४ वर्षीय विकेश मगर भन्ने विपिन मगर, २५ वर्षीय मन्दिप थापा र १९ वर्षीय सुजन मगर रहेको प्रहरीले जनाएको छ । उनीहरूलाई बुधबार साँझ पक्राउ गरिएको हो ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले गोङ्गबु बिजी मलअगाडि सडकमा जाँचका क्रममा स्कुटर छाडेर भागेपछि शाङ्का लागी पिछा गर्दा आरके रेष्टुराँमा लुकेर बसेका उनीहरूलाई पेस्तोलसहित पक्राउ गरिएको जानकारी दिए ।

    पक्राउ परेकासँग प्रहरीले एक थान पेस्तोल, एक थान म्यागजिन, पाँच राउण्ड गोली, दुई थान खुकुरी र गाँजा बरामद गरेको छ । पक्राउ परेकालाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको बस्नेतले बताए ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images