मैत्रीपूर्ण खेलमा चेल्सी र टोटेनहम बराबरी
  • SNN Nepal

  • काठमाडौँ । मैत्रीपूर्ण खेलमा चेल्सी र टोटेनहमले बराबरी खेलेका छन् ।

    प्रि-सिजन तयारी अन्तर्गत बुधबार राति भएको खेलमा चेल्सी र टोटेनहमले २-२ गोलको बराबरी खेलेका छन् ।

    सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले बराबरी खेल्नु परेको हो । हाकिम जिएचले १६औं र ४९औँ मिनेटमा गोल गर्दै चेल्सीलाई अग्रता दिलाए पनि त्यसलाई जोगाउन सकेन ।

    ५६औँ मिनेटमा लुकास मौराले गोल गर्दै टोटेनहमलाई २-१ को स्थितिमा ल्याए । ७०औँ मिनेटमा स्टेभेन वर्गविनले गोल गर्दै टोटनहमलाई हारबाट जोगाए ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images