४७४ ग्राम सुनसहित विमानस्थलबाट दुई जना पक्राउ
  • SNN Nepal

  • काठमाडौँ । ४७४ ग्राम सुनसहित प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जनालाई पक्राउ गरेको छ।

    प्रहरीका अनुसार बिहीबार बिहान प्रहरीले सिरहा धनगढीमाई नगरपालिका–८ का २४ वर्षीय रिसब महतो र खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ का ४१ वर्षीय अम्बर चाम्लिङलाई सुनसहित पक्राउ गरिएको हो ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरी कार्यालयका प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाका अनुसार बिहान करिब सवा ८ बजे विमानस्थलको अन्तर्राष्ट्रिय आगमनतर्फको नयाँ पार्किङ क्षेत्रमा उनीहरुलाई शंकास्पद रूपमा देखेपछि चेकजाँच गर्दा सुनसहित पक्राउ गरिएको हो ।

    साउदीबाट जजिरा एयरलाइन्सको उडानबाट काठमाडौं आएका यात्रुहरूबाट उनिहरुले गहना संकलन गर्दै गर्दा पक्राउ गरेको हो ।उनीहरुको साथबाट आठ वटा सुनको बाला र दुई वटा औंठी गरी जम्मा ४७४ ग्रामको सुन बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    त्रिभुवन विमानस्थल प्रहरी कार्यालयका अनुसार सो सुन ३७ लाख ३८ हजार ६७५ रूपैयाँ बराबरको छ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images