सडक विभागका पूर्व महानिर्देशक शर्माको निधन
  • SNN Nepal

  • काठमाडौं । सडक विभागका पूर्व महानिर्देशक एवं वरिष्ठ इन्जिनियर रामबाबु शर्माको निधन भएको छ । उनको बुधबार अपराह्न २ बजेतिर ‍‍‍८३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    भारतको कलकत्ताबाट सिभिल इन्जिनियरिङ र अमेरिकामा इन्जिनियरिङ सम्बन्धी थप प्रशिक्षण लिएका शर्माले सरकारी सेवामा सडक विभागको महानिर्देशक समेत बने । शर्माकै सक्रियतामा नेपाल इन्जिनियरिङ काउन्सिलको स्थापना समेत भएको थियो । उनी काउन्सिलको संस्थापक अध्यक्ष पनि हुन् ।

    स्कुले जीवनमा सधैं प्रथम हुने विद्यार्थीको उपमा पाएका शर्मा वि.सं. २०१२ सालको एसएलसी परीक्षामा बोर्डफस्ट भएका थिए ।

    जीवनको उत्तररार्धमा शर्माले धार्मिक एवं आध्यात्मिक क्षेत्रका आधा दर्जन जति पुस्तकहरू प्रकाशित गरेका छन् । शर्मा सत्य साई बाबा, श्री अरविन्द घोष, स्वामी विवेकानन्द तथा रवीन्द्रनाथ ठाकुर आदिबाट प्रभावित भएर धार्मिक गतिविधिमा बढी सक्रिय भएका थिए ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images