भारतमा थप ३८ हजारमा कोरोना संक्रमण पुष्टि
  • SNN Nepal

  • काठमाडौँ । भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ७०० जनामा संक्रमण भएको छ । पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १८ लाख ९४ हजार ४८३ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १८ हजार ९२९ जना संक्रीय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकैदिन ६१६ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ४०१ पुगेको छ ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images