गण्डकीमा कोरोना संक्रमित बढ्दै
  • SNN Nepal

  • पोखरा । गण्डकी प्रदेशमा एक सातायता कोरोना संक्रमितको संख्या बढेको छ ।

    प्रदेशमा झण्डै ६ हजार कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले बताए ।

    प्रदेश राजधानी पोखरामा कोरोना संक्रमित बढिरहेका छन् । दुई हजार १ सय ६९ जना सक्रिय संक्रमित रहेको पोखरामा शुक्रबार १ सय ६६ जना संक्रमित थपिएका छन् । कास्कीमा ४ सय ७५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको निर्देशनालयले जनाएको छ । प्रदेशका सबै जिल्लामा कोरोनाका सक्रिय संक्रमित छन् ।

    प्रदेशको दक्षिणी जिल्ला नवलपरासीपूर्वमा ८ सय १८ जना सक्रिय संक्रमित छन् । निर्देशनालयको पछिल्लो विवरणअनुसार वैशाख १ गतेदेखि आजसम्म कोरोना संक्रमण पुष्टी भइ १ सय १६ जनाको मृत्यु भइसकेको छ । कोरोनाको पहिलो लहरमा ३० जनाको मृत्यु भएको थियो ।

    गण्डकी प्रदेशको गोरखामा ७ सय २ जना सक्रिय संक्रमित रहेका छन् । गोरखामा शुक्रबार १ सय १३ जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट गोरखामा अहिलेसम्म ४७ जनाको मृत्यु भएको छ ।

    यस्तै स्याङजामा पनि कोरोनाका सक्रिय संक्रमित ६३२ जना भने १३३ जनाको मृत्यु भएको छ । स्याङ्जामा शुक्रबार मात्रै थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    यसैगरी, बाग्लुङमा पनि कोरोना संक्रमित बढ्ने क्रम रोकिएको छैन । शुक्रबार मात्रै ८८ जना संक्रमण पुष्टी भएको बाग्लुङमा ५१३ जना सक्रिय संक्रमित छन् भने ७५ जनाको मृत्यु भएको छ ।

    यस्तै ४४९ सक्रिय संक्रमित रहेको तनहुँमा ११४ जनाको मृत्यु भएको छ भने २ सय २६२ जना सक्रिय संक्रमित रहेको पर्वतमा ६४ जनाको मृत्यु भइसकेको छ । लमजुङमा १८८, म्याग्दीमा १४९, मुस्ताङमा २४ र मनाङमा १० जना कोरोनाको संक्रिय संक्रमित छन् ।

    शुक्रबारसम्म कोरोना संक्रमण पुष्टी भई लमजुङमा ३४, म्याग्दीमा ४७, मुस्ताङमा १६ मनाङमा २ जनाको मृत्यु भएको निर्देशनालयको विवरणमा उल्लेख छ ।

    शुक्रबार गण्डकीमा थप पाँच जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको निर्देशनालयले जनाएको छ । योसँगै गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक हजार १२३ पुगेको निर्देशनालयले जनाएको छ ।

    संक्रमित बढिरहेको गण्डकी प्रदेशमा शुक्रबार प्रदेश स्वास्थ्यमन्त्री मधु अधिकारी गुरुङ र प्रमुख सचिव डा. दामोदर रेग्मीको विशेष उपस्थितिमा मन्त्रालयका सचिवहरु सहभागी बैठकले कोभिशिल्ड र भेरोशिलको पहिलो मात्रा लगाएका नागरिकहरुलाई दोस्रो मात्रा लगाउने, हेल्थडेस्क सञ्चालन लगायतका बिषयमा निर्णयहरु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. बिनोद बिन्दु शर्माले जानकारी दिए ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images