स्पेनिस ला लिगा : रियल मड्रिडको बराबरी
  • SNN Nepal

  • काठमाडौँ । स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिड लेभान्टेसँग बराबरीमा रोकिएको छ ।

    आइतबार राति भएको खेलमा रियल लेभान्टेसँग ३-३ गोलको बराबरीमा रोकिएको हो ।

    लेभान्टेको मैदानमा पाँचौं मिनेटमा ग्यारेथ बेलले गोल गर्दै रियललाई सुरुवाती अग्रता दिलाए पनि त्यसलाई जोगाउन नसक्दा बराबरीमा रोकियो ।

    ४६औँ मिनेटमा रोजरले गोल गर्दै लेभान्टेलाई १-१ गोलको बराबरीमा ल्याए । ५७औँ मिनेटमा जोसे क्याम्पनाले गोल गर्दै लेभान्टेलाई २-१ को अग्रता दिलाए । ७३औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई २-२ गोलको बराबरीमा ल्याए ।

    खेलको ७९औँ मिनेटमा रोबरले गोल गर्दै लेभान्टेलाई ३-२ को अग्रता दिलाए । ८५ औँ मिनेटमा जुनियरले व्यक्तिगत दोस्रो गोल गर्दै खेल ३-३ गोलको बराबरीमा ल्याउदै रियललाई हारबाट जोगाए ।

  • ७ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images