पाल्पाको भगबती जात्रा यसबर्ष नित्यपुजा मात्र 

जिल्लाभर सार्बजनिक विदा

  • सीता डोटेल

  • पाल्पा । नेपाल-अग्रेज युद्धको सम्झना स्वरुप हरेक बर्ष भाद्र कृष्ण नवमीका दिन पाल्पाको तानसेनमा निकालिने भगवती जात्रा यसबर्ष नित्य पुजाका रुपमा मनाइने भएको छ । पाल्पा जिल्लाकै सबैभन्दा ठुलो र महत्वपुर्ण भगवती जात्रालाई पाल्पाको शानको रुपमा लिइन्छ ।

                काठमाडौंको जात्राबाट प्रभाबित उजिरसिंहले पाल्पामा भगवतीको रथयात्रा निकाल्न शुरु गरेको इतिहासमा छ । हरेक बर्ष भाद्र कृष्ण नवमीका दिन भगवती जात्रा धुमधामका साथ मनाइदै आइएकोमा यस बर्ष कोरोनाका कारण मन्दिर भित्रमात्र पुजा हुने गुठी व्यवस्थापन समितिका अध्यक्ष राजेश्वर उदयले बताउनुभयो । यसबर्षको भगवती जात्रा २०३ औं जात्रा हो । अघिल्लो दिन  साझ ८ बजेसम्म जागाराम बस्ने र नवमीका दिन बिहान ११.३० सम्म मात्र भक्तजनको लागि माता भगवतीको दर्शन गर्ने व्यवस्था मिलाईको उदयले जानकारी दिनुभयो ।
                भगवती जात्राको लागि श्रीकृष्ण जन्माष्टमीको दिन अर्थात् अघिल्लो दिन साँझबाट जागाराम बसी तानसेनको भगवती टोलमा रहेको श्री ७ रणउजेश्वरी भगवतीको मुर्ति रथमा राखेर दिउँसो बजार परिक्रमा गर्दै सिन्दुर जात्रा गर्ने प्रचलन थियो । यस बर्ष गत बर्ष जस्तै कोरोना संक्रमणको जोखिमले जारी निशेषाज्ञाका कारण दिउँसो जात्रा नहुने समितिका सचिव भिमसेन कार्कीले जनाउनुभएको छ । मन्दिर ध्वजापताका बत्तीले सजाइएको छ । नियमित पुजा आजा चल्नेछ । पाल्पालीको आस्थाको रुपमा रहेको भगवती जात्राको पुजाआजाका लागि यसबर्ष  भौतिक दुरी कायम गरि व्यवस्था मिलाउने र सुरक्षाको मापदण्ड पालना गर्नुपर्ने जनाएको छ । 

               पाल्पाको भगवती जात्रा काठमाडौंको जात्रा पछिको ठुलो जात्राका रुपमा मनाइन्छ । भाद्र कृष्ण नवमीका दिन दिउँसो करिब ३०/४० जनाका कुमाल समुदायका जवानले रथयात्रा गराउनुअघि बिहानै नवमीको सुर्योदय नहुदै महिलाहरु ढकिया, थालमा बुट्टे रुमालले छोपेर देवी भगवतीको पुजा आराधनामा लागेका हुन्छन् । रथयात्रामा रथको दुबैतिर तेर्साइएको बलिया २ नोललाई काधँमा बोकेर जय जयकारको गुञ्जन ध्वनि र बन्दुकको बडाइको इशारामा रथलाई उठाउँदछन् ।
    वि.स.१८७१/७२ को नेपाल-अग्रेज युद्धमा तत्कालिन तैनाथवाला कर्णेल उजिरसिंह थापाले ब्रिटिस साम्राज्यवादको आक्रमणको युद्धमा जितगढीको किल्लामा बिजयी प्राप्त गर्ने शुरुवात यही मन्दिरबाट गरेका थिए । यसैको विजय उल्लासको उपलक्ष्यमा तानसेनमा वि.स. १८७२ मा बिशाल तिनतले प्यागोडा शैलीमा मन्दिर निर्माण गरि भगवतीको मुर्ति प्रतिस्थापन गरेर १८७७ देखि भगवतीको रथयात्रा निकाल्ने परम्परा थालिएको हो ।

            यस जात्रालाई धार्मिक आस्थासँगै वीरताको सन्देश दिने राष्ट्रिय पर्वका रुपमा लिने गरिन्छ । पुजाआजा गरी भाकल अनुृसार मन्दिरमा कुखुरा, हाँस, बोका, रागो बली दिने चलन पुरानो हो । मेला भर्न यसअघि पाल्पा लगायत पश्चिम नेपालका स्याङ्गजा, गुल्मी, अर्घाखाची, पर्बत, रुपन्देही, कपिलबस्तु नवलपरासीबाट भक्तजन आउने गर्दथे । जहा बिहानैदेखि भक्तजनको भिड लाग्दथ्यो । भगवती जात्रामा यस अघि पाल्पा सदरमुकामका सरकारी कार्यालय, बिद्यालय, क्याम्पसमा स्थानिय बिदा दिने गरेकोमा गतबर्षदेखि प्रदेश सरकारले पाल्पा जिल्लाभर सार्बजनिक विदा दिने निणर्य गरेको छ । यहाँको भगवती मन्दिरमा पहिले नेपाली सेनाका प्रधान सेनापति समेत बेला बेला आई पुजा गर्ने र शाही कालमा राजपरिवारका सदस्य समेत आएर पुजा गर्ने गर्दथे ।

                 भगबती जात्रालाई मध्यनजर गर्दै पाल्पा प्रहरीले संयमता अपनाउन आग्रह गरेको छ । भगबती जात्रामा हुने भिडभाड र हुनसक्ने संभाबित घटनालाई मध्यनजर गर्दै प्रहरी खटाएको छ भने संयमता अपनाउन सबैमा आग्रह गरेको छ । नित्यपुजा मात्र हुने र नियमित बर्खाको समय भएकाले टाढाको दुरीको यात्रा गरि दुःख नपाउन प्रहरी अनुरोध छ ।
                   निषेधाज्ञा जारी भएकाले पनि सार्बजनिक स्थानमा अबेर हिड्डुल तथा मन्दिर परिसरमा मादक पदार्थ सेवन गरि प्रबेश नर्गन साथै बहुमुल्य गरगहना नलगाई आउन प्रहरीले आग्रह छ ।

  • १४ भाद्र २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images