नेपाल टेलिकमको फाइवर काटिंदा कपिलवस्तु र दाङमा टेलिफोन सेवा अवरुद
  • नवराज पौडेल

  • कपिलवस्तु । नेपाल टेलिकम को फाईवर केवल काटिदा कपिलवस्तु र दाङमा टेलिफोन सेवा अवरुद भएको छ ।

    कपिलवस्तु को शिवराज नगरपालिका ५ चन्द्रौटामा Ncell को भेन्डर कम्पनीको लापरवाहीका कारण नेपाल टेलिकम को फाईवर काटिदा बु्धबार राती ८ बजे देखी टेलिफोन सेवा अवरुद भएको हो । कपिलवस्तुको गोरुसिंगे चन्द्रौटा, बहादु्रगंज कृष्णनगर र शिवपुर धानखोला देखी दाङको लमइ सम्म टेलिफोन,मोवाइल तथा ईन्टरनेट सेवा अवरुद्ध भएको नेपाल टेलिकम आ.एम.यु. बुटवलले जानकारी दिएको छ । विना सुचना राती ८ बजे फाइवर केवल काटिनु ले सेवा ग्राहीमा असर परेको भन्दै एनसी एलको यो काम आपत्तीजनक भएको दुर संचार कार्यालय चन्द्रौका का प्रमुख सन्तोष कुमार गुप्ताले बताउनु भयो ।
    चन्द्रौटामा फाईवरको काम भईरहेको र भोलि सांझ सम्म सेवा सुचारु हुने इन्जिनीएर लक्ष्मण बेलबासेले बताउनु भयो । यता एन सि एलको भेन्डर कम्पनीले आफनो केवल खोज्दा अचानाक टेलिकमको फाइवर काटिएको जनाएको छ ।

  • १७ भाद्र २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images