ब्लड क्यान्सर पिडित अंकितको उपचारका लागि १५ लाख बढी जुट्यो रकम
  • सीता डोटेल

  • पाल्पा ।   रामपुर ५ राना टोलका ब्लड क्यान्सर पिडित बालक अंकित रानाको उपचारका लागि १५ लाख बढी रकम संकलन भएको छ । ६ बर्षिय बालक रानामा गत  चैतमा ब्लड क्यान्सर देखिएको थियो । सामान्य परिवारका सदस्य उनको उपचारमा समस्या भएपछि परिवारले सहयोगको आग्रह गरेका थिए । उनको उपचारका लागि देश तथा बिदेश र विभिन्न संघसस्था व्यक्तिले सहयोग गरेका छन् ।

                 नेपाल मगर संघ र एकिकृत मगर उत्थान समाज रामपुर संगको समन्वयमा पिडित अंकित रानाको उपचारको लागि १५ लाख ८७ हजार २ सय ४९ सहयोग जुटेको छ ।
                 देश तथा विदेशबाट १५ लाख ८७ हजार २ सय ४९ रुपैयाँ संकलन भएको थियो। चैतबाट चितवनमा नियमित उपचार गर्दै आएकोमा रकम अभाब हुँदै गएपछि छोराको उपचारका लागि सहयोग गरिदिन घरपरिवारले आग्रह गरेको बालकका आमा लिला रानाले बताउनुभयो ।
                  वैदेशिक रोजगारमा रहेका विभिन्न देशमा कार्यरत नेपालीहरुले संकलन गरेको रकम र नेपालमै रहेका विभिन्न सस्था तथा व्यक्तिबाट बिहिबार ७ लाख ३६ हजार ४ सय ४ रुपैयाँ पिडितको घरमा पुगेर हस्तान्तरण गरेको हो । यस अघि संकलित अन्य रकम बच्चाको परिवारलाई प्रदान गरिसकेको नेपाल मगर संघका अध्यक्ष थर्क बहादुर रानाले बताउनुभयो । नियमित हस्पिटलमा राखिएका बालकमा केही सुधार भएपछि यही हप्ता छोरालाई घर ल्याएको र नियमित चेकमा लैजाने आमा लिलाले बताउनुभयो । 


                 रामपुर नगरपालिकाका नगर प्रमुख रमण  बहादुर थापा सहितका सहयोग गर्ने सस्था तथा व्यक्तिले संकलित रकम घरमै पुगेर बिरामी अंकित र आमा लिला रानालाई हस्तान्तरण गर्नुभएको हो । 
    रकम हस्तान्तरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले स्वास्थ्य समस्या जस्तो संवेदनशिल समयमा देश तथा बिदेशबाट सहयोग पुर्याउने अभियान चलाउने सबैलाई धन्यवाद दिनुभयो । “सबैको साथले बिरामी बाबू निको हुने बिश्वास लिदै उहाँले जो कसैलाई परेको बेला एकै ठाउमा उभिएर साथ दिनु नै हाम्रो एकताको सन्देश हो उहाले भन्नुभयो- सबैले दिनुभएको सहयोगको गुन बाबुले ठूलो भएर सामाजिक कामबाट व्यक्त गरुन् ।
               अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले सहज उपचारका लागि गरिएको अभियानको सार्थकता रहेको बताउनुभयो । उहाँले बालक रानाको उपचारका लागि २५ हजार रकम सहयोग गर्नुभएको छ ।
                मालपोत कार्यालय रामपुरका प्रमुख ज्ञान बहादुर सिंजालीले अभियानले अप्ठ्यारोमा परेका बेला सहयोग गर्ने भावनाको प्रशंसा गदै आफू रामपुर बसाइमा रामपुरबासीको हितमा काम गर्ने उल्लेख गर्नुभयो ।
            

            बैदेशिक रोजगारबाट आएका रामपुर ३ का देव अर्यालले कतारमा रहेका नेपालीबाट संकलित रकम प्रदान गर्दै बिदेशमा रहेका नेपाली र जन्मभुमिमा नेपालीमा परेको समस्यामा आफुहरु सधै संगै रहेको बताउनुभयो 
              “अंकित राना बचाउ” अभियान अन्तर्गत हालसम्म  १५ लाख ८७ हजार २ सय ४९ रुपया रकम संकलन भएर परिवारलाई दिइएको छ। जस मध्ये बिहिबार ७ लाख ६४ हजार ४ सय ४ रकम र यस अघि ८ लाख ५० हजार ८ सय ४५ प्रदान गरिएको हो । साथै अंकित रानाको लागि अन्य स्थानिय सस्था, समूह र व्यक्तिले समेत रकम प्रदान गरिरहेका छन् ।
              सोही अबसरमा बालकका आमा लिला रानाले सहयोगीदातालाई धन्यवाद दिदै सबैको सहयोगले छिरालाई निको हुँदै गएको बताउनुभयो । क्रमिक सुधार हुदैछ, छोराले नयाँ जीवन पाउदै गर्दा यो सबैको साथ सहयोगले मात्र सम्भव भएको बताउदै उहाँले यो माया र सद्भाबको लागि परिवारको तर्फबाट आभार व्यक्त गर्दछु।
                नेपाल मगर संघ रामपुरका अध्यक्ष थर्क बहादुर रानाको अध्यक्षता, एकिकृत मगर उत्थान समाजका अध्यक्ष राम बहादुर हिस्की थापाको स्वागत र अभियान संयोजक राम बहादुर रानाको सञ्चालनमा कार्यक्रम भएको हो ।

  • १ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images