भारतमा १६ हजार कोरोना संक्रमित थपिए
  • SNN Nepal

  • काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २१ जना कोरोना संक्रमित थपिएका छन् ।

    ‍ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सो संख्या थपिएसँगै कुल संक्रमितको संख्या ३ करोड ४० लाख ५ सय पुगेको छ ।

    यही अवधिमा २२ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । यससँगै त्यहाँ कोरोना निको हुनेको संख्या ३ करोड ३३ लाख ३५ हजार ३०१ जना पुगेको छ ।

    त्यहाँ थप २२९ जना संक्रमितको मृत्यु भएको छ । यससँगै कुल मृतकको संख्या ४ लाख ५१ हजार २२० जना पुगेको छ ।

    भारतमा अहिले सकृय संक्रमितको संख्या २ लाख १३ हजार ९७९ छ ।

  • २७ आश्विन २०७८, बुधबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images