भारतमा थप १७ हजार जनामा संक्रमण
  • SNN Nepal

  • काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १७ हजार ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ३६ हजार ६८४ पुगेको छ ।

    यो समाचार तयार पार्दासम्म भारतमा २ लाख १० हजार ३५२ जना सक्रिय संक्रमित छन् ।

    यस्तै त्यहाँ एकैदिन ३७८ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५१ हजार ८४७ पुगेको छ ।

  • २९ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images