विश्वकप छनोटमा चिलीको शानदार जित
  • SNN Nepal

  • काठमाडौँ- फिफा विश्वकप छनोटमा चिलीले शानदार जित निकालेको छ ।

    आज बिहान भएको खेलमा चिलीले भेनेजुएलालाई ३-० गोल अन्तरले पराजित गरेको हो । चिलीको जितमा एरिक पुल्गरले दुई गोल गरे । बेन बेरेटोनले एक गोल थपे ।

    जितसँगै चिली १२ खेलमा १३ अंकसहित तालिकाको छैटौं स्थानमा रहेको छ । भेनेजुएला ७ अंक जोडेर पुछारमा रहेको छ ।

  • २९ आश्विन २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images