गृहमन्त्री खाँण रुपन्देहीमा, गाैतमबुद्ध बिमानस्थलमा नेता-कार्यकर्ताले गरे भब्य स्वागत
  • SNN Nepal

  • रुपन्देही।  गृहमन्त्री बालकृष्ण खाँण गृह जिल्ला रुपन्देही आइपुगेका छन् ।उनी आज ४ वटा कार्यक्रममा सहभागिहुने कार्यतालिका छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रीपरिषद्मा २९ असारमा गृहमन्त्री नियुक्ति भएपछि उनी गृहजिल्ला आएका थिएनन् ।

    खाँण  गृहमन्त्रीको हैसियतमा पहिलोपटक गृह जिल्ला रुपन्देही आएका हुन् । उनलाइ भैरहवा गौतमबुद्ध बिमानस्थलमा नेता तथा कार्यकर्ताले भब्य स्वागत गरेका छन् ।

    भारी बर्षाका कारण करिब ३ घण्टा उडान प्रभाबित भएको थियो । कांग्रेस रुपन्देहीले अहिले भैरहवामै मन्त्री खाँणलाई बधाई तथा सम्मान कार्यक्रम गर्दैछ ।

    यस्तै गृहमन्त्री खाँणले बुटवल ज्योतिनगर पहिरो अवलोकन गर्ने कार्यक्रम छ । उनी त्यसपछि नेपाली कांग्रेसका स्वर्गिय नेता प्रेम खरेलको शोक सभामा सहभागि हुनेछन् । स्व खरेलको तिलोत्तमा ४ स्थित घरमा शोकसभा हुने सचिव रामकृष्ण खाँणले जानकारी दिए ।

    खरेलको असोज २३ गते उपचारको क्रममा भारतमा निधन भएको थियो ।

    No description available.

     

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images