६९ अंकले ओरालो लाग्यो नेप्से, करिब ३ अर्बको कारोबार
  • SNN Nepal

  • दसैं पछि कारोबारमा आएको दोस्रो दिन सोमबार शेयरबजार ६९.५ अंकले घटेको छ ।

    सोमबार दोहोरो अंकले घटेर नेप्से २५८७.४५ अंकमा आइपुगेको छ भने सेन्सेटिभ परिसूचक पनि १२.४३ अंकले घटेर ४८४.९३ अंकमा आइपुगेको छ ।

    कारोबार सुरु भएसँगै निरन्तर घटेको नेप्से ७२ अंकसम्मले घटेको थियो, तर अन्तिम समयमा केही सम्हालिएर नेप्से ६९ अंकले घट्न पुगेको हो ।

    त्यस्तै आज कारोबारमा आएका २ सय १८ कम्पनीको ८७ लाख ७६ हजार ३ सय ३७ कित्ता शेयर २ अर्ब ९६ करोड ६८ लाख ९९ हजार ७ सय ९१ रुपैयाँमा कारोबार भएको छ । आज कारोबारमा आएको व्यापार समूह बाहेक सबै समूहको सूचक घटेर राताम्मे बनेको छ ।

    जसमा सबैभन्दा धेरै वित्त समूहको ४.२६ प्रतिशत, जलविद्युतको ३.७६ प्रतिशत ,निर्जीवन बीमाको ३.५६ प्रतिशत र विकास बैंकको ३.४४ प्रतिशतले सूचक घटेको छ । व्यापार समूहको भने ०.६३ प्रतिशतले सूचक बढेको छ ।

  • १ कार्तिक २०७८, सोमबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images