कालीगण्डकी किनारमा दुई शव फेला
  • SNN Nepal

  • रामपुर– पाल्पाको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकीमा बिहीबार दुई शव फेला परेका छन् । भुजात सिद्धबाबा धाम र होस्दीमा शव फेला परेका हुन् ।

    भुजातमा अन्दाजी ४०–४५ वर्ष उमेरका र होस्दीमा ५०–५५ वर्ष उमेरका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    उनीहरुको हालसम्म नाम, थर, बतन खुल्न सकेको छैन । नदी किनारमा बगाइ ल्याइएको जस्तो देखिने सढेगलेको अवस्थामा शव फेला परेका हुन् । शव परीक्षणका लागि रामपुर अस्पतालमा राखिएको छ ।

  • ४ कार्तिक २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images