अर्घाखाँचीको पाणिनिमा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि १ सय ६४ जना नेपाली कांग्रेसमा प्रबेश
  • प्रेमनारायण आचार्य

  • अर्घाखाँची   । अर्घाखाँचीको पाणिनि गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी परित्याग गरि १ सय ६४ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् ।
    नेपाली कांग्रेसका क्षेत्रीय सभापति अच्युत गौतमको पहलमा पाणिनि ३ खिदम लगायतका विभिन्न वडाबाट विभिन्न पाटी परित्याग गरि दुर्गाफाटमा भएको कार्यक्रममा नेपाली कांग्रेसमा प्रबेश गरेका हुन् ।
    कांग्रेसमा प्रबेश गरेका १ सय ६४ जनालाई कांग्रेसका केन्द्रीय सदस्य पुस्पा भुसाल , जिल्ला सभापति विष्णुप्रसाद खनाल ( मुस्कान ) , पुर्ब जिल्ला सभापति कमल प्रसाद भुसालले अविर , माला र कांग्रेसको सदस्यता प्रदान गरेर पाटी प्रबेश गराउनु भएको हो ।
    कार्यक्रममा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी , सचिव विष्णुप्रसाद भुसाल , सहसचिव ईन्सु मिया , महासमिति सदस्य सुर्य प्रसाद अधिकारी , यादव प्रसाद घिमिरे , केशब श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल, लेखनाथ पोख्रेल, कृष्णप्रसाद खनाल , पाणिनि सभापति तुल्सी पौडेल लगायत कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति , महासमिति सदस्य , महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि , कांग्रेस भातृ तथा सुभेच्छुक सस्था प्रमुख, प्रतिनिधि लगायत सरोकारवालाको उपस्थिति रहेको थियोे ।
    कार्यक्रम कांग्रेस खिदिमका सभापति हरि बन्जाडेको सभापतितब र शेसकान्त पोख्रेलको सञ्चालनमा शुरु भएको हो ।

    May be an image of 16 people, people sitting, people standing, outdoors and crowd

    May be an image of 11 people, people standing and people sitting

  • ६ कार्तिक २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images