नेता शाहद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उमेदवारी घोषणा
  • SNN Nepal

  • कपिलवस्तु । नेपाली काँग्रेसका युवा नेता तथा प्रतिनिधि सभा सदस्य अभिशेक प्रताप शाहले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उमेद्धवारी दिने घोषणा गर्नु भएको छ । जिल्लाका प्रभावशालि नेताको रुपमा चिनियका शाहले पार्टीकोे १४ औँ महाधिवेशनमा केन्द्रिय सदस्य पदमा उमेद्धवारीको घोषणा गर्नु भएको हो ।
    शाहले पार्टी पुनःजागरण र रुपान्तरणका लागि आफ्नो उमेद्वारी रहेको बताउनु भएको छ । बीपी कोइरालाको परिकल्पनाबाट स्थापित पार्टीलाई अझ सशक्त र मजबुत बनाउन आफनो उमेरद्वारी रहेको शाहको भनाइ छ ।
    कांग्रेसका पार्टी सभापति शेर बहादुर देउवा निकट मानिने कपिलवस्तु क्षेत्र नः ३ का प्रतिनिधि सभा सदस्य समेत रहेका शाहले दुइपटक संबिधान सभा सदस्य हुदै प्रतिनिधि सभा सदस्य समेत भएर जिल्लाको राजनीतीमा अग्र स्थानमा रहनु भएको छ ।
    शाहको उमेद्धवारीसगैँ कपिलवस्तुका नेता तथा कार्यकर्तामा उत्साह समेत छाएको छ । शाह देशभर युवामाझ लोकप्रिय रहनुका साथै निडर र प्रष्ट बक्ताका रुपमा समेत परिचित रहनु भएको छ । पार्टीभत्र युवालाई अवसर दिन अहिलेको आवश्कता रहेको बताउदैँ शाहले आफुले अत्याधिक मत ल्याएर चुनाव जित्ने समेत बिश्वास ब्यक्त गर्नुभयो । १४ औँ महाधिवेशन २४ देखि काठमाडौंमा शुरु भइरहेको छ ।

  • २५ मंसिर २०७८, शनिबार प्रकाशित

  • images