श्रीलंकामा हवाई यात्रामा कडाई, ७५ यात्रु मात्र उड्न पाउने
  • SNN Nepal

  • कोलम्बो । श्रीलंकाले कोरोनाभाइरस ९कोभिड–१९० महामारीलाई ध्यानमा राखी सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ ।

    श्रीलंकाली हवाई उड्डयन प्राधिकरणका अनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने छैन । प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णय बारे जानकारी गराइसकेको छ ।

    दुई सातापछि मुलुकभित्र कोभिडको अवस्थाका बारेमा मूल्याँकन गरेपछि थप निर्णय लिइने प्राधिकरणले जनाएको छ ।

    यसैबीच, श्रीलंकामा पछिल्ला दिनहरुमा कोरोनाभाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । आइतबार हालसम्मकै उच्च संख्यामा कोरोनाभाइरस संक्रमित भेटिएका छन् । श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार आठ सय जनामा कोरोना पुष्टि भएको छ ।

    यो सहित श्रीलंकामा कोरोनाभाइरसका संक्रमितको संख्या एक लाख १२ हजार पुगेको छ ।

  • २० बैशाख २०७८, सोमबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images