वर्षाले छाडेपछि रेश्मा, उषा हुँदै गरिमालाई ‘सुदुर’को अफर
  • SNN Nepal

  • निर्देशक रमेश वुढाथोकी चलचित्र ‘सुदुर’का लागि नायिका नपाएर हैरान छन् । नायिका वर्षा सिवाकोटीले चलचित्रमा काम गर्ने पक्का गरेकी थिइन् । तर, चलचित्रको छायांकन सुरु हुन लामो समय लागेपछि वर्षाले नयाँ चलचित्रलाई समय दिनुपर्ने भन्दै ‘सुदुर’ छाडिन् ।

    यसपछि भने रमेशलाई नायिका खोज्न नै सकस परिरहेको छ । यो चलचित्रका लागि नायकको रुपमा मुकुन भुषाल फाइनल भैसकको श्रोतले जानकारी दिएको छ । मुकुनसँग जोडी वाध्ने नायिकाको खोजी भने निर्माणपक्षले गरिरहेको छ । वर्षाले छाडेपछि चलचित्रको अफर नायिका तथा मोडल रेश्मा घिमिरेसम्म पुग्यो ।

    रेश्माले पनि चलचित्र नगरेपछि यसको निर्माणपक्षले टिकटकबाट उदाएर म्यूजिक भिडियोमा जमिरहेकी मोडल उषा उप्रेतीलाई पनि अफर गरेको थियो । उषापछि यसको निर्माणपक्षले टिकटकबाट उदाएकी मोडल गरिमा शर्मालाई अफर गरेको छ । चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामाले गरिमा शर्मासँग कुराकानी गरेको जानकारी सामाजिक संजालबाट दिएका छन् । रमेश वुढाथोकीको निर्देशनमा तयार हुने यो चलचित्रको छायांकन जुम्लामा हुनेछ ।

    तर, चलचित्रका लागि कलाकार फाइनल गर्न नसक्दा छायांकन सुरु हुन सकेको छैन । अब, गरिमाले यो चलचित्र गर्छिन् या गर्दिनन् त्यो भोलीको कुरा हो । तर, रमेश वुढाथोकीलाई भने चलचित्रको नायिका खोज्न सकस परिरहेको छ ।

  • १८ चैत्र २०७७, बुधबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images