कपिलवस्तुका कोरोना संक्रमितको बुटवलमा मृत्यु
  • SNN Nepal

  • बुटवल । कपिलवस्तुका थप एकजना कोरोना संक्रमितको उपचारको क्रममा बुटवलमा मृत्यु भएको छ । वाणगंगा नगरपालिका वडा नं ७ का ३९ बर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विषेश अस्थायी अस्पतालमा मंगलबार बिहान मृत्यु भएको हो ।

    वैशाख १७ गते कोरोना पोजिटिभ देखिएपछि सोही दिन अस्पताल भर्ना भएका संक्रमितको बिहान ५ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले जानकारी दिए । ती पुरुषमा ज्वरो आएको र र स्वासप्रश्वासको समस्या रहेको गौतमले बताए ।

  • २१ बैशाख २०७८, मंगलवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images