कोरोना संक्रमणबाट नेशनल सेक्युरिटी गार्डका कमाण्डरको मृत्यु
  • SNN Nepal

  • एजेन्सी । भारतमा कोरोना संक्रमणबाट नेशनल सेक्युरिटी गार्डका ग्रुप कमान्डरको वीरेन्द्र कुमार झाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यामहरुका अनुसार कोरोना संक्रमणका कारण निकै जटिल अवस्थामा पुग्दा समेत आइसीयु बेड नपाउँदा झाको मृत्यु भएको हो ।

    वीरेन्द्रलाई अप्रिल २२ मा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसलगत्तै उनलाई दिल्लीस्थित नोयडा अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा उनको स्वास्थ्य अवस्था ठिक थियो । तर मे ४ पछि उनको हालत खराब हुँदै गएको थियो ।
    उनको अक्सिजन लेबल निकै तल पुगेको थियो । त्यसपछि उनलाई फोर्टिस अस्पताल रिफर गरिएको थियो । सोही अस्पतालमा उनको मृत्यु भएको हो । उनलाई अस्पतालमा आइसीयु बेड मिल्न सकेको थिएन । ५३ वर्षीय वीरेन्द्र बिहारका स्थायी बासिन्दा हुन् ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images