पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु
  • SNN Nepal

  • पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत ३ र चरक मेमोरियल अस्पतालमा १ जना सहित ४ जनाको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा पोखरा ३ का ८७ वर्षीय पुरुष, पोखरा २९ का ४१ वर्षीय पुरुष, पोखरा १७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय महिला रहेको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोदविन्दु शर्माले जानकारी दिए ।

    पोखरा ३ का संक्रमितको चरक मेमोरियल अस्पतालमा र अन्य तीन संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

    योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । हालसम्म गण्डकी प्रदेशमा २ हजार ८०४ जना होम आइसोलेशनमा रहेका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या ३ हजार ३१ रहेको छ ।
    गण्डकीमा अहिलेसम्म १ लाख ४८ हजार ६१० जनाको कोरोना परिक्षण गरिएको छ । त्यसमध्ये प्रदेशमा २० हजार ४२७ कोरोना संक्रमित भेटिएका छन् । परिक्षण गरिएका १ लाख ४८ हजार ६१० मध्ये १ लाख २८ हजार १८३ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।

    त्यसैगरी अहिलेसम्म प्रदेशमा १७ हजार १५९ जना संक्रमण मुक्त भएको प्रदेशमा प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images