बाँकेमा कोरोनाबाट थप १० जना संक्रमितको मृत्यु
  • SNN Nepal

  • बाँके । बाँकेमा कोरोनाबाट थप १० जना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ जना बाँकेका र एक जना जाजरकोटका छन् । बाँकेको नरैनापुर गाउँपालिका–१ बाँकेका ५६ वर्षीय पुरुषको विहीबार बिहान ७ बजे र नेपालगञ्ज उपमहानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको विहीबार विहान साढे ४ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । नेपालगञ्ज १० का ७८ वर्षीय पुरुषको भेरी अस्पतालमा गएराति १ः४० बजे मृत्यु भएको छ । नेपालगञ्ज १० कै ७८ वर्षीया महिलाको बुधबार साँझ साढे ७ बजे मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१२ का ४५ वर्षीय पुरुषको बुधबार साँझ सवा ६ बजे, नेपालगञ्ज–१ का ५८ वर्षीय पुरुषको बुधबार राति १० बजे, नेपालगञ्ज–१० का २७ वर्षीय पुरुषको बुधबार राति २२ः२० बजे र नेपालगञ्ज उपमहानगरपालिका ४ बाँकेका ५५ वर्षीय पुरुषको बुधबार मध्यराति साढे १२ बजे भेरी अस्पतालमा मृत्यु भएको छ । यो बुधवार राती देखि विहिवार विहान सम्मको तथ्याँक हो ।

    यसैगरी भेरी नगरपालिका ४ जाजरकोटकी ४३ वर्षीया महिलाको बुधबार राति ९ बजे भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ। योसँगै बाँके जिल्लामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १२७ पुगेको छ ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images