संक्रमित बोक्न सियारी गाउँपालिका अध्यक्ष र उपाध्यक्षले दिए गाडी
  • SNN Nepal

  • रूपन्देही । कोरोना संक्रमित बढ्दै गएपछि रूपन्देहीका दुई पालिकाका प्रमुख उपप्रमुखले आफ्नो सुविधाका साधन संक्रमित बोक्न उपलब्ध गराएका छन् ।

    तिलोतमाका मेयर उपमेयरले गाडी दिएको केही समयमा रुपन्देहीको सियारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले पनि आफ्नो गाडी कोरोना संक्रमित बिरामी बोक्नका लागि प्रयोग गर्न शुरु गरेका छन् । कोरोना संक्रमितलाई छिटो छरितो सेवा प्रवाह गर्ने उद्देश्यले कोरोना संक्रमित बोक्न प्रयोग गर्ने निर्णय गरिएको उपाध्यक्ष अमृता गुरुङले जानकारी दिइन् ।

    सियारी गाउँ पालिका अध्यक्ष अयोध्या थारू र उपाध्यक्ष अमृता गुरुङले प्रयोग गर्दै आएको लु १ झ ३७७ र लु १ झ ५०४ नम्बर सवारी साधनलाई कोरोना संक्रमित बिरामी बोक्न प्रयोग गरिएको हो । बिहीबार बिहान तिलोत्तमा नगरपालिकाका मेयर र उपमेयरले आफूले प्रयोग गर्दै आएको गाडी कोरोना संक्रमित बोक्न प्रयोगमा ल्याएका थिए ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images