सेयर बजारमा गिरावट
  • SNN Nepal

  • काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से सूचक १२।४७ अंकले घटेर २६३७।१३ विन्दुमा अडिएको छ । यसदिन ६ अर्ब ८१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ सय १६ कम्पनीको १ करोड ५९ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको हो । ३ वटा समूह बाहेक अरु समूहको सूचकाङ्कमा गिरावट छ ।

    २ वटा कम्पनी खानीखोला हाइड्रोपावर कम्पनी र जन उत्थान सामुदायिक लघुवित्त विकास बैंकको सेयरको भाउ १० प्रतिशतले बढेको छ । सात कम्पनीको सेयर भाउ ९५ भन्दा माथि छ । आज एचआइडीसीएलको ४६ करोड ७४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एनसीसी बैंक र लक्ष्मी बैंकको पनि सबैभन्दा बढी सेयर कारोबार भएको छ ।

  • २३ बैशाख २०७८, बिहीबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images