थप दुईजना कोरोना संक्रमितको मृत्यु
  • SNN Nepal

  • बुटवल । रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका बुटवल–११ की ४६ वर्षीया महिला र सैनामैना ९ की ७२ वर्षिया महिलाको मृत्यु भएको हो ।

    बुधबार कोरोना संक्रमण पुष्टि भएपछि सोहीदिन अस्पताल भर्ना भएका उनीहरुमध्ये बुटवलकी महिलाको बिहीबार बिहान १२।१७ बजे मृत्यु रसैनामैनाकी महिलाको बिहान ३।५३ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। विष्णु गौतमले जानकारी दिए ।

    पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । हालसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट २ सय ४२ जनाको मृत्यु भएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images