दुई प्रहरी उपरीक्षकको निलम्बन फुकुवा गर्न सिफारिस
  • SNN Nepal

  • काठमाडौँ । प्रहरी प्रधान कार्यालयले भ्रष्टाचार मुद्दामा निलम्बन गरिएका नेपाल प्रहरीका दुई उपरीक्षकको निलम्बन फुकुवा गर्न सिफारिस गरेको छ ।

    प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गर्न गृह मन्त्रालयसमक्ष सिफारिस गरेको हो ।

    कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा रहँदा उनीहरुले भ्रष्टाचार गरेको आरोपमा गृहमन्त्रालयले ०७७ मंसिरमा निलम्बन गर्ने निर्णय गरेको थियो ।

    प्रहरी नियमावली–०७१ को नियम ९११२० अनुसार अनुशासनहीन काम गरेमा, आदेश नमानेमा, बिनाकारण कार्यालयमा अनुपस्थित भएमा र लापरवाही गरेमा ग्रेड घटुवा गर्न मिल्ने व्यवस्था छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images