अक्सिमिटर तथा सेनिटाईजरको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ
  • SNN Nepal

  • काठमाडौँ । अक्सिमिटर तथा सेनिटाईजर कालोबजारी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

    महानगरीय प्रहरी परिसरका अनुसार सिराहा लाहान घर भई हाल क्षेत्रपाटीमा बीबीआर ईन्टरप्राईजेज सञ्चालन गर्दै आएका भगवान वावु राय राजपुतलाईं कालोबजारीको आरोपमा पक्राउ गरिएको हो ।

    परिसरका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार उनको साथबाट ८ थान अक्सिमिटर र १२४ ग्यालिन सेनिटाइजर समेत बरामद गरिएको छ । अक्सिमिटर तथा सेनिटाईजर कालो बजारी भईरहेको गुनासो आएपछि परिसरवाट विशेष टोली परिचालन गरी अनुगमन गर्दा ती व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

    उनीबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images