२५ औं पटक सगरमाथा चढेर कामीरिताले तोडे आफ्नै कीर्तिमान, आज एकैदिन १२ जना चुचुरोमा
  • SNN Nepal

  • काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले शुक्रबार २५ औं पटक सगरमाथा आरोहणको कीर्तिमान राखेका छन् ।

    बेलुका ६ बजे उनीसहित १२ जनाले सफलतापूर्वक सगरमाथा आरोहण गरेको पर्यटन विभागले जानकारी दिएको छ ।

    शेर्पाले २५ औं पटक सगरमाथा आरोहण गरेर यसअघिको आफ्नै कीर्तिमान तोडेको विभागअन्तर्गतको पर्वतारोहण शाखा हेर्ने मीरा आचार्यले जानकारी दिइन् ।

    शुक्रबारको आरोहण यो सिजनको पहिलो भएको उनले जानकारी दिइन् । यो सिजनमा झन्डै ४०० जनाले सगरमाथा आरोहण गर्ने बताइएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images