गुल्मीमा निषेधाज्ञा जेठ ४ गते सम्म लम्ब्याइयो,थप कडाइ गरिने
  • SNN Nepal

  • गुल्मी । जिल्ला कोभिड संकट व्यवस्थापन समितिले गुल्मीमा जारी निषेधाज्ञालाई आगामि जेठ ४ गते रातीसम्म लम्बाउने निर्णय भएको छ।

    समितिको बैठकले जिल्लामा कोभिडको संक्रमण दर तीव्र रुपमा बढ्दै गइरहेको भन्दै त्यसलाई निरन्तरता दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रदबी शर्माले जानकारी दिनुभयो ।

    निषेधाज्ञा जारी गरिएको समय अबधिमा अति आवश्यक बाहेक अन्य सेवाहरु सबै बन्द रहने छन् । जिल्लामा रहेका बैंकहरु दिउँसो केही घण्टा खुल्नेछन्।भने बित्तिय संस्थाहरु बिमा कम्पनी पुर्ण रुपमा बन्द रहने छन् ।

    निषेधाज्ञा अवधिभर अत्यावश्यक उपभोग्य खाद्यवस्तु बेच्ने पसल, दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ,बिहान ७ बजे देखि ९ बजे सम्म मात्र खुल्न पाउने छन्।

    यस अघि जारि गरिएको निषेधाज्ञा भोलि शनिबार राति १२ बजे सकिदै छ।हाल गुल्मीमा कोरोना संक्रमितको संख्या ५१४ पुगेको छ।भने दोस्रो कोरोना लहर का कारण १५ जना ले ज्यान गुमाएका छन्।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images