नक्कली रेम्डिसिभिर बेच्ने पक्राउ
  • SNN Nepal

  • विराटनगर । मोरङ प्रहरीले विराटनगर स्थित नोबेल शिक्षण अस्पताल अगाडीबाट नक्कली रेम्डिसिभिर इन्जेक्सन बिक्री गर्ने दुई जनालाई पक्राउ गरेको छ ।

    गम्भीर प्रकृतिको इन्जेक्सननै नक्कली बनाएर बिक्री गरेको सुचना आएपछि मोरङ प्रहरीले छापा मारेर सोनु आलम र सरवण यादवलाई नोबेल अगाडीको साथी फार्मेसीबाट पक्राउ गरेको हो । कोरोना संक्रमितको उपचारमा रेम्डिसिभिर इन्जेक्सन प्रयोग गरिदै आएको छ ।

    कोरोना माहामरीको समयमा धेरै कमाउने उदेश्यले उनीहरुले स्टासेफ नामको इन्जेक्सनमा रेम्डिसिभिरको स्टीकर टाँसेर महँगो मूल्यमा विक्री गर्दै आएको खुलेको छ ।

    स्टासेफ ज्वरोमा प्रयोग गरिने इन्जेक्सन हो जसको मुल्य ९० रुपैयाँ मात्र पर्दछ । तर उनिहरुले रेम्डिसिभिरको स्टिकर टाँसेर ७ हजार देखि २५ हजार रुपैयाँ सम्म विक्री गर्दै आएको भेटिएको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको मोरङ प्रहरीले जनाएको छ ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images