पार्टी जोगाउन लुम्विनी प्रदेशका एमाले जिल्ला अध्यक्षको सामुहिक अपिल
  • SNN Nepal

  • रुपन्देही । पार्टी भित्र आन्तरीक खिचातानीका कारण समस्यामा परेको नेकपा एमाले जोगाउन लुम्विनी प्रदेशका १२ जिल्ला अध्यक्षले सामुहिक वक्तव्य जारी गरेका छन् । बैशाख २४ गते जारी गरिएको विज्ञप्तीमा जिल्ला अध्यक्षहरुले एकतावद्ध भई नेकपा एमाले जोगाउन अनुरोध गर्नु भएको छ ।

    उहाँहरुले अहिले एकजुट हुन सकेन भने इतिहासले कहिले पनी क्षमा नदिने समेत विज्ञप्तीमा उल्लेख गरेका छन् । अन्तरविरोधका कारण पार्टीलाई क्षती पुगेको महसुस भएको जनाइएको छ ।

    एमालेलाई थप सुदृढ व्यापक गतिशिल बनाएर कम्युनिष्ट आन्दोलन र लोकतन्त्रको मुल शक्तिको रुपमा विकास गरेर लैजान पार्टी एकढिक्का हुनु पर्ने लुम्विनी प्रदेश पार्टी कार्यालयका सचिव बलराम अधिकारीले बताउनुभयो ।

    पछिल्लो समयमा पार्टी भित्रको आन्तरीक द्धन्द्धले कार्यकर्ता समेत निराशा बनाएको छ । पार्टी एक हुने संकेत मिलेकोले कार्यकर्तामा समेत हौसला मिलेको नेकपा एमाले कपिलवस्तु जिल्ला संयोजक तथा प्रदेश समिति सदस्य झवीलाल पोख्रेलले बताउनु भयो ।

  • २४ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images