नेता जनार्दन शर्माको पहलमा रुकुम पश्चिमका अस्पतालमा स्वास्थ्य सामग्री
  • SNN Nepal

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकर कोरोना रोकथाम र उपचारका लागि रुकुमपश्चिममा स्वास्थ्य सामग्रीको प्रबन्धमा जुटेका छन् । पूर्व गृहमन्त्री तथा रुकुम पश्चिमका प्रतिनिधि सभा सदस्य शर्माले कोभिड महामारीको अवस्था र आगामी तयारीलाई मध्यनजर गर्दै अक्सिजन सिलिन्डर र औषधि हस्तान्तरणमा जोड दिएका छन् ।

    शुक्रबार उनले रुकुम पश्चिमको चौरजहारी अस्पतालमा ५० वटा अक्सिजन सिलिन्डर र आवश्यक औषधि हस्तान्तरण गरेका थिए । कर्णाली प्रदेशको कोभिड उपचार केन्द्र चौरजहारी अस्पतालमा पूर्वाधार९बेड० बिस्तारका लागि छलफलसहित नयाँ कार्ययोजना बनाएका उनले बताए ।

    यस्तै शुक्रबार मात्र सानीभेरी अस्पताल रुकुम ९पश्चिम०मा थप बेडको व्यवस्थापन गरिएको शर्मा जनाए । उपलब्ध जनशक्ति परिचालन गरी बिरामीलाई उपचारमा कमी हुन नदिने कुरामा आफू लागेका लागिपरेको शर्माको भनाइ छ ।

    उने भने, ुमहामारीको बेला जनप्रतिनिधि, कर्मचारी हामी सबै विना बर्दिको सेनाको रुपमा काम गरौं । महामारीको विरुद्ध सबै एकजुट भएर लडौँ जनताको जीवन रक्षा गरौं,ु

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images