बुटवलमा थप २ संक्रमितको मृत्यु
  • SNN Nepal

  • बुटवल । बुटवलस्थित कोरोना अस्पतालमा थप २ संक्रमितको आज बिहान मृत्यु भएको छ । मृत्यु हुने दुवै बुटवल उपमहानगरपालिका रहेका छन् ।

    अस्पतालका प्रवक्ता डा। विष्णु गौतमका अनुसार मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका १ का ४८ वर्षीय पुरुष र ११ का ३० वर्षीया महिला रहेका छन् ।

    उनीहरु वैशाख २२ गते अस्पतालको आईसीयूमा भर्ना भएका थिए। दुवैलाई निमोनिया र श्वासप्रश्वासमा समस्या रहेको डा. गौतमले बताए ।

    योसँगै रुपन्देहीमा मृत्यु हुनेको संख्या २ सय ५५ पुगेको जिल्ला स्वाथ्य कार्यालयको तथ्यांकमा उल्लेख रहेको छ ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images