जलविद्युत कम्पनीको सेयरमा आकर्षण !
  • SNN Nepal

  • काठमाडौ । कुनै समय अनाकर्षण रहेको जलविद्युत कम्पनीको सेयरमा पछिल्लो समय आकर्षण बढ्दै गएको छ । आईपीओको ९१०० रुपैयाँ० मूल्य भन्दा कम मै पाइने जलविद्युत कम्पनीको सेयर मूल्य अहिले अधिकांशको ३ सय रुपैयाँ भन्दा माथि छ । केही कम्पनीको सेयर त ६ सय रुपैयाँभन्दा माथिको मूल्यमा सेयर खरिद बिक्री भइरहेको देखिन्छ ।

    अधिकांश समूहको सेयर मूल्य ओरालो लाग्दा पनि जलविद्युतले बजार लिड गरिरहेको देखिन्छ । सरकारले कमजोर रेटिङ पाएका कम्पनीले आईपीओ जारी गर्न नपाउने व्यवस्था गरेपछि जलविद्युत कम्पनीको सेयरमा आकर्षण बढ्दै गएको हो । अहिले जुनसुकै जलविद्युतले आईपीओ जारी गरेपनि माग भन्दा ज्यादा आवेदन पर्ने गरेको छ ।

    पछिल्लो तीन वर्षयता विद्युत नियमन आयोगले सेयर जारी गर्ने जलविद्युत कम्पनीको नियमन गर्दै आएको छ । आयोगले कम्पनीहरुको अवस्था हेरेर मात्र सर्वसाधारणमा सेयर जारी गर्ने अनुमति दिने भएकाले पहिलेको तुलनामा पछिल्लो समय जारी जलविद्युत कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण बढेको विश्लेषकहरू बताउँछन् ।

    जलविद्युत कम्पनीमा अहिले सबैभन्दा महँगो सेयर मूल्य अपर तामाकोशीको छ । यसको सेयर मूल्य ८ सय २५ रुपैयाँ छ । यस्तै माउन्टेन इनर्जीको सेयर मूल्य पनि ७ सय ६० रुपैयाँ रहेको छ । चिलिमे हाइड्रोपावरको ६ सय ३६ रुपैयाँ छ भने हाइड्रो इलेक्ट्रीसिटी डेभलपमेन्ट एण्ड इन्भेस्टमेन्टको ५ सय २५ रुपैयाँ सेयर मूल्य कायम भएको छ । यता राधी विद्युत कम्पनीको ६ सय ६० रुपैयाँ रहेको छ । पछिल्लो केही दिन अघि मात्र दोस्रो बजारमा प्रवेश गरेको जलविद्युतको सेयर मूल्यमा आकर्षक बढोत्तरी छ । सिंगटी, रुरु लगायतका जलविद्युतको सेयर केही दिन अघिमात्र दोस्रो बजार प्रवेश गरेका हुन् ।

    यद्यपि केही यस्ता कम्पनी पनि छन जसकनो सेयर मूल्य ज्यादै सस्तो छ । ।

    आँखु खोला ९१७२ रुपैयाँ०, दिव्यश्वारी हाइड्रोपावर (१६६ रुपैयाँ), घलेम्दी हाइड्रो लिमिटेड ९१८९ रुपैयाँ०, यूनियन हाइड्रोपावर (१८४ रुपैयाँ) र यूनिभर्सल पावर कम्पनी (१९९ रुपैयाँ ) को सेयर मूल्य अझै पनि कम छ । तथापि आधार मूल्य भन्दा तलको मूल्य भने कुनै जलविद्युत कम्पनीको छैन ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images