कोरोना संक्रमण रोकथामका लागि ६२ जिल्लामा निषेधाज्ञा (सूचीसहित)
  • SNN Nepal

  • काठमाडौँ । वैशाख ७ देखि जारी हुन थालेको निषेधाज्ञा ६२ जिल्लामा पुगेको छ । त्यसमध्ये ५० जिल्लामा पूर्ण र १२ जिल्लामा आंशिक आदेश जारी भएको छ । अब १५ जिल्ला मात्र खुला छन् ।

    शनिबार साँझसम्म ६२ जिल्लामा निषेधको आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ । पछिल्लो पटक निषेधाज्ञा गरिएको जिल्लामा रौतहट र संखुवासभा थपिएका छन् ।

    निषेधाज्ञाभर अत्यावश्यक बाहकेका सेवा र सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कोरोना भाइरसको सङक्रमण देशभर नै बढिरहेकोले निषेधाज्ञा अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ ।

    गृह मन्त्रालयले काम नपरी बाहिर ननिस्कन आग्रह गरेको छ । अनावश्यक बाहिर निस्कने र निषेधाज्ञा उल्लंघन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images