साथीको हत्या गरेको आरोपमा प्रकाश तामाङ पक्राउ
  • SNN Nepal

  • काठमाडौँ । आफ्नै साथीको हत्या गरेको आरोपमा प्रहरीले सुनसरीबाट एकजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सुनसरीको वराह नगरापलिका–४ घर भएका प्रकाश तामाङ रहेका छन् ।

    इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको टोलीले २४ वर्षीय तामाङलाई इटहरी उपमहानगरपालिका–६ बाट पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर केशव कुमार कटवाल उनले वैशाख २२ मा रातको समयमा इटहरी उपमहानगरपालिकाको ट्याङ्ग्रा खोलामा हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    दायाँ हातको नाडीमा ‘दुखी राई’ नाम लेखेका मृतकको यकिन नाम ठेगाना खुलेको छैन । प्रकाशले उनी सडकमा भेटेर ‘साथी’ बनेको तर नाम र ठेगाना थाहा नभएको प्रहरीलाई बताएका छन् ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images