माधवको तुलना बादल र बादलको तुलना खिमलालसँग हुन सक्दैनः शंकर पोखरेल
  • SNN Nepal

  • लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपालको तुलनामा गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापा बादलसँग हुन नसक्ने बताएका छन् ।

    यस्तै बादलको तुलना खिमलाल देवकोटासँग हुन नसक्ने उनको भनाइ छ । पार्टीका तर्फबाट राष्ट्रियसभा उपनिर्वाचनमा बादल र खिमलालबीच भिडन्त हुन लागेको सन्दर्भमा पोखरेलले यस्तो बताएका हुन् ।

    शुक्रबार बादलविरुद्ध एमालेकै खनाल–नेपाल समूहका खिमलाल देवकोटाले विपक्षी गठबन्धनबाट उम्मेदवारी दिएपछि एमाले ओली समूहका नेता समेत रहेका पोखरेलले यस्तो टिप्पणी गरेका हुन् ।

    ‘जसरी माधव कमरेडको तुलना बादल कमरेडसँग हुँदैन भनेर हामी भन्छौ, त्यसरी नै बादल कमरेडको तुलना खिमलाल देवकोटासँग हुनै सक्दैन । मनन गरौँ’, शनिबार उनले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images