चलचित्रमा काम गर्नेलाई बीमाको व्यवस्था आवश्यकः हरिवंश आचार्य
  • SNN Nepal

  • काठमाडौ । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को चौथो संस्करणको केही दिनदेखि राजधानीमा जारी रहेको छ । महोत्सवको दोस्रो दिन शुक्रबार नेपाली चलचित्रमा रोजगारको अवसर तथा सामाजिक रुपान्तरण विषयक अन्तरक्रिया भएको छ । जुम मार्फत गरिएको सो कार्यक्रममा नेपाली चलचित्र क्षेत्र विभिन्न व्यक्तिहरुले आफ्नो धारणा राखेका छन् ।

    कार्यक्रममा वरिष्ठ कलाकार हरिवंश आचार्यले चलचित्र क्षेत्रमा काम गर्नेलाई उचित बीमाको ब्यवस्था गर्नुपर्ने बताए । उनले चलचित्र मार्फत रोजगारी एवं सामाजिक रुपान्तरण गर्न मौलिक कथाहरूको श्रृजना गर्नु आवश्यक रहेको औँल्याए ।

    कार्यक्रममा वरिष्ठ कलाकार नीर शाहले नेपालको चलचित्र क्षेत्रमा रोजगारीको श्रृजना कसरी गर्ने, जनशक्तिको विकास कसरी गर्ने लगायत विषयमा गहन अध्याय बिना सुरु भएको स्थापित हुन गाहो भएको बताए ।
    चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले चलचित्रकर्मीलाई दक्ष बनाउन एवं विश्व बजारमा प्रतिस्पर्धा गर्न सिनेमा शिक्षालाई व्यवसायिक बनाउन जरुरी रहेको बताए ।
    सासंद डा। बिन्दा पाण्डेले चलचित्र विकासका बाधहरु नियम, कानुन मार्फत छलफल गरेर हटाउन सुझाएकी छन् ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images