निषेधाज्ञा अवज्ञा गरी बस चलाउने चालक नियन्त्रणमा
  • SNN Nepal

  • गुल्मी । गुल्मी प्रहरीले निषेधाज्ञा अवज्ञा गरी यात्रुहरु ओसारपसार गर्ने बस चालकलाई नियन्त्रणमा लिएको छ ।

    शुक्रबार बुटवलबाट ३० जना यात्रुहरू राखेर आइरहेको लु १ख ७१८९ नम्बरको बसलाई चालकसहित जिल्लाको मुख्य नाका रिडीबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी गोपाल चन्द्र भट्टराईले जानकारी दिए ।

    त्यो सहित अवज्ञा गर्ने अरु सवारी साधनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका चालकलाई कानुनअनुसार कामकारबाही चलाउने कि पहिलो पटकलाई चेतावनी सहितको कागज गराइ छाड्ने बिषयमा छलफल भैरहेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन ।

    गुल्मीमा गएराति देखि जेठ ४ गते सम्मका लागि दोश्रो पटक निषेधाज्ञा जारी भएको छ ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images