औषधीजन्य लागुऔषधसहित विराटनगरबाट २ जना पक्राउ
  • SNN Nepal

  • मोरङ । सशस्त्र प्रहरीले मोरङको विराटनगर महानगरपालिका मुसहर टोलबाट दुईजनालाई औषधीजन्य लागुऔषधसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट दरैयाबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा सुनसरीको इटहरी उपमहानगरपालिका २४ वर्षीय असिम बस्नेत र ३२ वर्षीय पोष्टकुमार विक छन् ।

    प्रहरीले उनीहरुको साथबाट ३० एम्पुल डाईजोल्याप, ३० एम्पुल लुपिजेसिक, सोही परिमाणमा फेनारगन र एभिल त्यसैगरी डाईलेक्स डिसी १ बोतल र नाइट्रोजन ट्याब्लेट १० वटा बरामद गरेको छ ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    साताकाे चर्चित
    सम्बन्धित
    images