चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको आभियोगमा एकजना पक्राउ
  • SNN Nepal

  • चितवन । चितवन राष्ट्रिय निकुञ्जमा गैंडा मारेको अभियोगमा एकजना पक्राउ परेका छन् । राष्ट्रिय निकुञ्ज उनलाई कालिका नगरपालिकाको बाँसघारी भन्ने ठाउँबाट वैशाख २३ गते पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा नारायणगढ निवासी कविराज श्रेष्ठ भन्ने रामकुमार रहेका छन् । निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनसार, उनी निकुञ्जमा मारिएका चार गैंडाको खाग तस्करीमा संलग्न भएको खुलेको छ ।

    निकुञ्जमा चालु आर्थिक वर्षमा मात्रै गैंडा मारेको अभियोगमा २४ जना पक्राउ परेका छन् । तीमध्ये ५ जना धरौटीमा रिहा भएका छन् भने १९ जना पुर्पक्षका लागि थुनामा छन् । चालु आर्थिक बर्षमा चार वटा गैंडा चोरी सिकारीले मारेका थिए ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images