सांसद पहारी दम्पती कोरोना संक्रमण मुक्त
  • SNN Nepal

  • पोखरा । गण्डकी प्रदेश सभा सांसद तथा एमालेका युवा नेता राजिब पहारि सङै पहारिको धर्मपत्नी सिर्जना पन्डित पहारीले नया भेरिएन्ट सहितको कोरोना भाइरसलाई परास्त गर्न सफल हुनु भएको छ ।

    गण्डकी प्रदेश सभामा सबै सांसदको कोरोना भाइरस परिक्षण गरिनु पर्छ भन्ने माग राखेर गण्डकी प्रदेशका सांसद हरुको स्वाव परिक्षण गरेपछी राजिब पहारी , आफैलाइ कोभिड-१९ पोजेटिभ देखिएको थियो ।

    पहारी सङै पहारिको धर्मपत्नी , चरक नर्सिङ कलेजकी प्रिन्सिपल सिर्जना पन्डित पहारी लाई पनि कोरोना पोजेटिभ देखिएको थियो । उहाहरु दुबै जनाले दस दिनमै कोरोना भाइरस लाई परास्त गर्न सफल हुनुभएको

    गत बैशाख १५ गते सदनमा माग राखे पछि गरिएको कोरोना परिक्षण पछि पहारी दस दिन होम क्वारेन्टाइनमा बस्नु भएको थियो । दस दिन लामो होम क्वारेन्टाइनमा आफ्नो स्वास्थलाई लाई ध्यान राखेर , घरमै आयुर्वेदिक औषधि ( बेसार ) तातोपानी र आत्मबलको मद्दतले कोरोना भाइरस संक्रमण मुक्त हुनु भएको हो ।

  • २५ बैशाख २०७८, शनिबार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images