माधव समूहको निष्कर्ष : ओली एकताका लागि तयार भएनन्, अब सामुहिक राजीनामा
  • SNN Nepal

  • काठमाडौ । नेकपा एमाले माधव–झलनाथ पक्षले केपी ओलीसँग गरिएको एकता प्रयासको समीक्षा गरेको छ । शनिबार राजधानीमा बसेको माधव–खनाल समूहका सांसदहरुको बैठकले केपी ओली पार्टी एकताका लागि तयार नभएको निश्कर्ष निकालेको छ ।

    ‘आज हाम्रो पक्षका सांसदहरुको बैठक बसेको थियो, जहाँ हामीले ओली पक्षसँग भएका वार्ता र एकताका प्रयासहरूबारे समीक्षा गर्यौं,’ माधव नेपालनिकट एक नेताले रातोपाटीसँग भने, ‘ओलीजी पार्टी एकताका लागि तयार नरहेको हाम्रो निश्कर्ष रह्यो, अब आइतबार साँझ स्थायी कमिटीको बैठक बसेर थप निर्णय गर्छौं ।’

    आजको छलफलमा केपी ओलीलाई विश्वासको मत दिनुभन्दा सामुहिक राजीनामा गर्दा उपयुक्त हुने निश्कर्ष निस्किएको ती नेताले बताए ।

    तर, यसबारेमा स्थायी कमिटीको बैठकबाटै औपचारिक निर्णय गरिने उनले बताए । ती नेताले भने, ‘आजै राजीनामा पत्र लेखिएको वा हस्ताक्षर गरिएको होइन, यसबारे भोलि स्थायी कमिटीमा छलफल हुन्छ ।’

    वैशाख २७ गते विश्वासको मत दिने बेलामा फ्लोर क्रस गर्नु अनुशासन विपरीत हुने भएकाले त्यस अगावै सांसदहरुले राजीनामा दिने सम्भावना बढेको ती नेताले बताए । उनले भने, ‘अब यसको विकल्प देखिएन ।’

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images