खैरो हेरोइनसहित कञ्चनपुरबाट १ जना पक्राउ
  • SNN Nepal

  • काठमाडौं । कञ्चनपुरको भिमदत्त नगरपालिकाबाट प्रहरीले खैरो हेरोइनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमदत्त नगरपालिका–१४ स्थित नयागाउँ घर भएका ३२ वर्षीय पदम बहादुर कठायत छन् । कठायतको साथबाट १ सय मिलिग्राम अवैध खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

    प्रहरी चौकी झोलुङ्गेबाट खटिएको टोलीले उनि सवार प्रदेश–०२–००३ प ६६२२ नम्बरको स्कुटर रोकेर जाँच गर्दा मोबाइलको कभरमा लुकाएर बोकेको अवस्थामा हेरोइन फेला परेको थियो । प्रहरीले उनलाई लागु औषध मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images