उदयपुरको चौदण्डीगढीमा आगलागी हुँदा ५ घर नष्ट
  • SNN Nepal

  • प्रतिकात्मक तस्वीर

    उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–८ स्थित बिरेन्द्रबजारमा आगलागी भएको छ । आइतबार बिहान विद्युत सर्ट भएर भरत राईको घरबाट आगो सल्केको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

    आगलागीबाट काठले बनेका र टिनको छाना भएका ५ घर नष्ट भएका छन् ।

    इलाका प्रहरी कार्यालय बेलटारबाट खटिएको टोलीले आगो नियन्त्रणमा लिएको छ । आगलागीबाट भरत राई, शिशिर गुरुङ, बाल विक्रम राई, पदम कुमारी मगर, कृष्ण मगरको घर नष्ट भएको प्रहरीले जनाएको छ । घर, अन्नपात र भाँडा वर्तन नष्ट हुँदा १ करोड बढीको क्षति भएको छ ।

    आगलागीबाट पार्किङ गरेर राखेको ट्याक्टर र एउटा मोटरसाइकल जलेको छ ।

  • २६ बैशाख २०७८, आईतवार प्रकाशित

  • Nabintech
    सम्बन्धित
    images